कर्मचारीको राइँदाइँ, दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कर्मचारीको राइँदाइँ, दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार



काठमाडौं ।  आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको गुनासो व्यापक रूपमा आइरहेको बताएका छन् ।
राज्यकोषमा आउनुपर्ने करोडौं रुपैयाँ ठगी गरी व्यापारीहरूसँगको मिलेमतोमा राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूले करोडांै रकम भारत तथा अस्टे«लिया पठाउने गरेको गुनासा आएपछि ती कर्मचारीमाथि छानबिन र अनुसन्धान गर्न उच्च दबाब परेको छ ।

प्रधानमन्त्री कार्यालयका ती अधिकारीले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष यस विषयमा उजुरी आएको बताए । ‘राजस्व ठगेर रकम असुली गरेको भन्ने उजुरी, गुनासा र जानकारी आएका छन्, यस विषयमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले राजधानीसँग भने ।
स्रोतका अनुसार राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूको साठगाँठ राजस्व ठगी गर्ने व्यापारीसँग अत्यधिक हुने गरेको छ । राजस्व सेवा समूहका कर्मचारी मात्रै रहने ती निकायमा अन्य सेवा समूहका कर्मचारी टिक्नै सक्दैनन् । ‘राजस्व र करदाता कार्यालयमा संरचनागत भ्रष्टाचार यति धेरै मौलाएको छ कि त्यसले मुलुकको करोडांै राजस्व गुमिरहेको छ,’ एक सहसचिवले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर र राजस्व कार्यालयका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी आउने क्रम यथावत् रहेको जानकारी दिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले राजस्व, करदाता कार्यालयलगायत जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सबै सरकारी निकाय अख्तियारको उच्च निगरानीमा रहेको जानकारी दिए । कर छलीलगायत विभिन्न विषयमा अख्तियारमा करदाता कार्यालय र राजस्व कार्यालयका कर्मचारीविरुद्ध केही उजुरीहरू रहेको प्रवक्ता कोइरालाले बताए ।
अख्तियारले जनतालाई बढी सेवा दिने जिम्मेवारीमा रहेका राजस्व कार्यालय, मालपोत, नापी, यातायात, प्रशासनलगायतका निकायमा ¥यापिड एक्सन फोर्स बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । ¥यापिड एक्सन भन्नाले अख्तियार आफंैले आफ्ना कर्मचारीलाई सेवा ग्राहीका रूपमा पठाएर घुस लिन खोज्ने कर्मचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने तथा घुस्याहा कर्मचारीको रेकर्ड राख्ने प्रणाली हो ।

अख्तियारका प्रवक्ता कोइरालाले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीसँग साठगाँठ गरी करोडांै रकम भारत र अस्ट्रेलिया लगेको सम्बन्धमा भने आफूहरूलाई कुनै जानकारी नभएको बताए । घुस लिने र दिने पक्षबीच सहमति हँुदासम्म भ्रष्टचार गर्नेलाई कारबाही गर्न कठिन हुने प्रवक्ता कोइरालाले बताए ।
स्रोतअनुसार राजस्व र करदाता कार्यालयकै कर्मचारीको मिलेमतोमा व्यापारीले आयात गर्ने तथा बिक्री गर्ने सामानमा न्यून बिजकीकरण गराउने गरेका छन् । व्यापारीले गरेका न्यून बिजकीकरणलाई कर्मचारीले सहज रूपमा कायम गरिदिने गर्दा राजस्वमा आउने करोडौं रुपैयाँ गुमिरहेको स्रोतको भनाइ छ । यसैगरी व्यापारीले सामान बिक्री गर्दा नक्कली भ्याट बिल प्रयोग गरे पनि करदाता कार्यालयका कर्मचारीले गम्भीरतापूर्वक छानबिन गर्न नसकेको पाइएको छ । कर्मचारीहरूकै मिलेमतोमा भ्याटमा पनि करोडौंको कारोबार लाखमा झारिदिने गरिएको छ । यसैगरी करदाता कार्यालयले कर निर्धारण गर्दा पनि व्यापक अनियमितता गर्ने गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीको दाबी छ ।

स्रोतका अनुसार करदाता कार्यालयका खरिदारदेखि उच्च पदाधिकारी नै राजस्व ठगी गर्ने कार्यमा संलग्न भइरहेका छन् । कार्यालय गत रूपमा उनीहरूले व्यापारीबाट आउने रकम बाँडीचुडी गर्ने गरेको स्रोतको दाबी छ । राजस्व ठगी गरी करोडांै रकम अनियमितता गर्न थालेपछि कर र राजस्वका कर्मचारीको सम्पति छानबिन गर्न अख्तियारलाई दबाबसमेत परेको स्रोतको भनाइ छ ।

नक्कली स्टिकर प्रयोग गर्ने ११ मदिरा कारखाना खुला

आन्तरिक राजस्व विभागले नक्कली स्टिकर कारोबार गर्ने ११ वटा मदिरा कारखानालाई खुला गरिदिएको छ । नक्कली स्टिकर प्रयोग गरेर ठगी गरेपछि विगत ११ महिनादेखि बन्द रहेका ती कारखानालाई विभागको नेतृत्वले रित पु¥याएको नाममा खुला गरिदिएको हो । यसरी ठगी गर्ने मदिरा कारखानालाई खुला गर्दा ठूलै आर्थिक चलखेल भएको दाबी स्रोतले गरेको छ । ठूलैैै आर्थिक चलखेल भएको भन्ने गुनासो अर्थ मन्त्रलाय समक्ष पुगे पनि अर्थ मन्त्रालय भने यस विषयमा चुपचाप हुनुलाई रहस्यका रूपमा हेरिएको छ । राजधानीमा खबर छ