'सर्वोत्कृष्ट कर्मचारी' यो वर्ष पनि भेटिएनन्, यी हुन् पुरस्कार पाउने ४० कर्मचारी - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

‘सर्वोत्कृष्ट कर्मचारी’ यो वर्ष पनि भेटिएनन्, यी हुन् पुरस्कार पाउने ४० कर्मचारी



काठमाडौं- विगतका वर्षजस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी सरकारले भेटाएको छैन । निजामती सेवा दिवसको अवसर पारेर सरकारले आज ४० कर्मचारीलाई पुरस्कृत गर्दैछ तर सर्वोत्कृष्ट कर्मचारी भेने कोहि पनि भएनन् ।

पुरस्कृत हुने कर्मचारीमध्ये १० जना कर्मचारीले ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ पाउने भएका छन्।सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एक एक जना कमर्चारीलाई जना कर्मचारीले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम र स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिं तिङ्करीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्लेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

यस वर्षको ‘निजामती सेवा पुरस्कार’ लक्ष्मीकुमारी बस्नेत, ज्ञानराज सुवेदी, कोशलचन्द्र सुवेदी, विष्णुप्रसाद शर्मा, दिलीपकुमार गौतम, भोलाप्रसाद चापागाईं, शान्ता नेपाल मरासिनी, डा. भोजराज शर्मा (काफ्ले), गुरुप्रसाद वाग्ले, विपुलकुमार लाल दास, सूर्यप्रसाद सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ।

केदारप्रसाद नेपाल, विज्ञान बन्जारा, प्रमिला वाग्ले, कुलशेखर अर्याल, शिला ज्ञवाली, सुजितकुमार सिंह, महेशविक्रम लागेजू, भक्तिप्रसाद भट्टराई, भेषराज पन्थ, विन्ध्या कार्की, जलेश्वर राम, जिज्ञासा राई याङ्खुरुङ, भरतप्रसाद तिमल्सिना, उत्तम खनाल, खडानन्द पौडेल, केआई सिं गलान, रामनरेश साह, अमरसिंह लामा र पूर्णप्रसाद अगस्तीलाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो।

सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गरेर पुरस्कृत गरिने गरिएकोमा गत वर्षजस्तै यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन।सरकारले प्रत्येक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवसका अवसरमा निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।

पछिल्लो संशोधनसहितको निजामती सेवा नियमावली २०५० मा निजामती सेवा पुरस्कारबारे उल्लेख गरिएको छ। जसअनुसार प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा तीन प्रकारको पुरस्कार दिने उल्लेख छ।

दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुस्कार दिइने गरिएको छ।

सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्छ।