कर्मचारी २० हजार घुससहित पक्राउ ! - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

कर्मचारी २० हजार घुससहित पक्राउ !



काठमाडौं– गुठी संस्थान ललितपुर शाखाका कर्मचारी घुससहित पक्राउ परेका छन्।

वरिष्ठ सहायक दीपेन्द्र चित्रकार र पूर्व कर्मचारीलाई अनन्त श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित पक्राउ गरेको हो।

उनीहरुले गोदावरी नगरपालिकाको जग्गा मोही नामसारीका लागि भनेर घुस लिएका थिए। पूर्व कर्मचारी श्रेष्ठले त्यसका लागि सेटिङ मिलाइदिएका थिए।