नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका कर्मचारी कृष्ण आलेलाई पक्राउ गरेको हो ।

तनहुँ जिल्लाको वितरण शाखामा कार्यरत उनलाई आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आलेले सेवाग्राहीको काम गरिदिएवापत गैरकानूनी रुपमा पाँच हजार घुस रकम लिएका थिए । सोही सूचनाका आधारमा उनलाई पक्राउ गरेको आयोगका कर्मचारीले जानकारी दिए ।

आलेको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न तयारी भएको बताइएको छ ।