कर्मचारीमाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर बस्दैन : देउवा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

कर्मचारीमाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर बस्दैन : देउवा



चितवन,रत्ननगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी तन्त्र माथी हस्तक्षेप नहोस भन्ने आफुले चाहेको बताएका छन । नेपाल निजामति कर्मचारी युनियन संघको रत्ननगरमा सुरु भएको सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस स्वतन्त्र कर्मचारी तन्त्रको पक्षमा रहेको स्पष्ट पारे ।

कर्मचारी सरुवा,बढुवामा वर्तमान सरकारले हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए काँग्रेस चुप लागेर नबस्ने बताए । दुई तिहाईको दम्ब देखाएर सरकारले हस्तक्षेपकारी निती अबलम्वन गरे काँग्रेसले त्यसको डटेर सामना गर्ने सभापति देउवाको भनाई छ । उनले लोकतन्त्रको रक्षा,संविधानको कार्यान्वय र संघीयतालाई संस्थागत गर्ने काममा एकचित्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

आफु नेतृत्वको सरकारले संविधान निर्माण,त्यसको कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन सफल भएको भन्दै देउवाले निर्वाचनको परिणामलाई दिएर निरास नहुँन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेसलाई पुरानै अबस्थामा फर्काउन स्पष्ट एजेण्डा सहित काँग्रेस जनताको बीचमा जानु पर्ने बताए । काँग्रेलाई जनताप्रतिको सर्मपण आवश्यक रहेको नेता पौडेलले बताए । नेता पौडेलले ओली नेतृत्वको सरकारले न्यायलय र संविधनलाई नियन्त्रणमा दिन खोजेको आरोप लगाए । सरकारले अदालतलाई तर्साउने,न्यायलयलाई नियन्त्रणमा लिने प्रयास गरेको नेता पौडेलको भनाई छ । उनले कम्युनिष्ट नेतृत्वको सरकारबाट विकास,योजना,सरुवा,बढुवामा पक्षपात हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताए ।

नेपाली काँग्रेसका महामन्त्री शशाँक कोइरालले काँग्रेसले सरकारको कामको आधारमा प्रतिपक्षमा बसेर सकारात्मक रुपमा प्रतिपक्षको भूमिका निभाउने बताए । पूर्व महामन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सामन्ती सस्कारबाट काँग्रेस मुक्त हुन नसकेको भन्दै काँग्रेसले आफुलाई सच्याउदै रुपान्तरण हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले निर्वाचनको परिणामलाई लिएर निरास नहुन कार्यक्रर्तालाई आग्रह गरे । कार्यक्रममा नेपाली काँगेसकी कोषाध्यक्ष सीतादेबी यादव, प्रबक्ता विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्य तथा पूर्व मन्त्री विमलेन्द्र निधि,संसदीय दलका उपनेता विजय कुमार गच्छेदार,केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउत,नेवि संघका अध्यक्ष नैनसिं मगर,नेपाल तरुण दलका कार्यबहाक अध्यक्ष उतम चापागाई,नेपाली काँग्रस चितवनका सभापति जितनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

तीन दिन सम्म चल्ने महाधिवेशनमा ५७० जना प्रतिनिधि र २०० जना परिबेक्षकको सहभागिता रहेको संघका अध्यक्ष सुवोध कुमार देवकोटाले जानकारी दिए । महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र सात वटा प्रदेश समिति चयन गर्नेछ । महाधिवेशनले संघीय संरचना अनुसारको केन्द्रिय समिति तथा प्रदेश समिति चयन संगै कर्मचारीको व्यवस्थापन र संघीयता कार्यान्वयनको लागि नीतिगत छलफल गरी एउटा निर्कषमा पुग्ने अध्यक्ष देबकोटाले बताए । अध्यक्ष देवकोटाको अध्यक्षतमा भएको सो कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।