कर्मचारी खोज्दै मुख्यमन्त्री - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

कर्मचारी खोज्दै मुख्यमन्त्री



पत्रपत्रिका/नयाँ पत्रीका/डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेशमा कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आग्रह गरेका छन् ।

संघीय सरकारका मन्त्री तथा प्रधानमन्त्रीसंगको भेटका लागि काठमाण्डौैमा रहेका मूख्यमन्त्री भट्टले बुधबार सामान्य प्रशासन मन्त्री पण्डितसंग भेट गरी कर्मचारी पठाइदिन आग्रह गरेका हुन् ।

‘कर्मचारी अभाबका कारण प्रदेश र स्थानीय सरकार संचालनमा समस्या भएको छ, समयमै कार्य सम्पादन हुन सकेको छैन तत्काल प्रदेशमा कर्मचारी पठाउनु प¥यो’, भट्टको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव शिवसिं ओलीले बताए ।

मन्त्री पण्डित र मूख्यमन्त्री भट्टका बीच कर्मचारी समायोजन ऐनका विषयमा पनि छलफल भएको ओलीले बताए । ‘उहाँहरुका बीच कर्मचारी समायोजन ऐन लगायतका महत्वपूर्ण विषय, प्रदेश र स्थानीय संरचनामा कसरी कसले कर्मचारी समायोजन गर्ने भन्ने बारेमा छलफल भएको छ’, उनले भने ।

प्रदेशमा कार्य सम्पादनमा असर नपर्नेगरी तत्काल कर्मचारी पु¥याईने सामान्य प्रशासनमन्त्री पण्डितले बताएका थिए । ‘केही कर्मचारी कार्य क्षेत्रमा खटिएका छन्, केही तत्काल आउछन् प्रदेश र स्थानीय तह सञ्चालन गर्न पुग्नेगरी कर्मचारीको व्यबस्था हुन्छ’, पण्डितको भनाइ थियो ।

७ नम्बर प्रदेश सरकार सञ्चालन तथा कर्मचारी अभाबका कारण कामकाजमा सेवाग्राहीले असहजता महशुस गरेका छन् । ‘धेरै स्थानीय तहहरु निमित्तका भरमा सञ्चालन भएका छन्, कर्मचारी अभावका कारण प्रभाबकारी काम हुन सकेको छैन’, दिपायलका डबलबहादुर साउदले भने ।

कर्मचारी अभावले बजेट खर्च नहुने चिन्ता

डोटीको केआई सिंह गाउँपालिकाकी उपाध्यक्ष मिना बिष्ट महिला विकासका लागि छुट्टाइएको २८ लाख बजेट खर्च नहुने हो कि भन्ने चिन्तामा छन् । जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमा

बोल्दै बिष्टले भनिन् ‘म महिला भएकाले पनि चिन्तित छु, महिलाको क्षमता विकासका लागी बजेट विनियोजित गर्योँ अब खर्च हुन्न कि भन्ने समस्या छ, महिला बिकासका कर्मचारी पनि छैनन्’, जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्,‘महिला विकास तर्फको कामका लागि कर्मचारी पठाइदिनुप¥यो भन्दै हामीले पटक–पटक आग्रह ग¥यौं तर अझै कर्मचारी आएनन् ।’

दिपायल सिलगढी नगरपालिकामा समेत कर्मचारी अभावका कारण एउटै कर्मचारीलाई दुई/तीन वटा कामको जिम्मा दिइएको छ । नगरपालिकाको योजना शाखा प्रमुखका रूपमा काम गर्दै आएका राजबहादुर खड्काले वर्षौंदेखि वडासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । खड्काले भने ‘करिब ६ सय योजना छन्, योजना शाखामा एक्लै छु, ती योजनाको उपभोक्ता समिति गठनदेखि योजनाको सम्झौतासम्म सबै आफैंले गर्नुपर्ने हुन्छ ।’ उता, वडा सचिवको जिम्मेवारीसमेत दिइएकाले वडाको काम गर्नुपर्दा साह्रै समस्या आएको खड्काले बताए ।