जनताको करमा ‘हाइप्रोफाइल लुट'-५ अर्ब बाँडियो - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

जनताको करमा ‘हाइप्रोफाइल लुट’-५ अर्ब बाँडियो



काठमाडौं–०६३ देखि हालसम्म सरकारले आर्थिक सहायताका नाममा करिव ५ अर्व रुपैयाँ तजविजी आधारमा बाँडेको पाइएको छ ।
आजको नेपाल साप्ताहिकले यस्ता भाग्यमानी नेताको नामसहित समाचार छापेको छ । यो मंसिरसम्मको आकडा हो ।
यो रकम एकमुष्ट खर्च गर्ने हो भने २५ मेगावाट जलविद्युत आयोजना बनाउन मिल्ने विज्ञहरु बताउँछन् ।
प्रतिमेगावाट जलविद्युत लागत सरदर २० करोड रुपैयाँ लाग्ने अनुमानका आधारमा यो हिसाव निस्कन्छ । ‘यो त सरुवा रोगजस्तै जुनसुकै सरकारकारमा सर्लक्क संक्रमण हुन थाल्यो’ नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री भन्छन्, ‘राज्यकोषमा भएको यो हदको दुरुपयोगले आर्थिक विकृतिहरु जन्माइरहेको छ । आर्थिक अनुशासन नभएपछि बजार अराजक हुने जोखिम बढाएको छ ।’
(नेपाल साप्ताहिकका अनुसार पछिल्लो पटक १० लाख भन्दा बढि पाउनेहरु
केपी शर्मा ओली –१,२६,३५००० (औषधि उपचार )
डा रामबरण यादव–७०,००,००० (औषधि उपचार )
देवेन्द्र राज कँडेल–१५,८४,०००( आर्थिक सहायता)
परमानन्द झा –९,३०,०००(श्रीमतिको उपचार)
जयपुरी घर्ती–१०,००,०००( आर्थिक सहायता)
सुजाता कोइराला –५०,००,००० (औषधि उपचार)
गोविन्दराज जोशी–२७,८०,०००(आर्थिक सहायता)
खगेन्द्र चुडाल–१५,०००,००( आर्थिक सहायता)
नारायाणप्रसाद मैनाली–१०,०००,००( आर्थिक सहायता)
भरतमोहन अधिकारी–२५,००,०००(औषधि उपचार)
अर्जुन खड्का –१०,००,०००(आर्थिक सहायता)
बीरमाया बाकवाल–१०,००,०००(आर्थिक सहायता)
सयन्द्र वान्तवा–५००,०००(आर्थिक सहायता)
मनमोहन भट्टराई–१५,००,०००(आर्थिक सहायता)
गोपाल शेरचन–६०,००,०००(आर्थिक सहायता)
मोहम्मद आलम–१०,००,०००(श्रीमतिको उपचार)
पुर्णकुमारी सुवेदी–४०,००,०००(छोराको उपचार )
कल्पना सोब–१०,००,०००(आर्थिक सहायता)
महेन्द्र राय यादव–१५,००,०००(आर्थिक सहायता)
आदित्य वराल–१,००,००,०००(आर्थिक सहायता)
रामचरण चौधरी–१०,००,०००( आर्थिक सहायता)
उद्धवसिंह ऐर–१०,००,०००(आर्थिक सहायता)
सन्तोष देवकोटा–१०,००,०००(आर्थिक सहायता)
टेकनाथ रिजाल–३०,००,०००( आर्थिक सहायता)
खुमबहादुर खड्का–९८,००,०००(क्षतिपूर्ति र आर्थिक सहायता)
भीमनिधी दाहाल–१०,००,००( आर्थिक सहायता)
विष्णु कुमारी पोखरेल–१०,००,००(आर्थिक सहायता)
शशी शेरचन–१५,००,००( आर्थिक सहायता)
तुलसी गिरी–४५,००,०००( आर्थिक सहायता)
परशुराम थारु–१०,००,०००(आर्थिक सहायता)
देवी पाठक सिलवाल–१०,००,०००(आर्थिक सहायता)
रामप्रसाद शाह (आदि)–८०,००,०००( आर्थिक सहायता)