एमाले प्रवेश गरेलगत्तै उत्ताउलो भाषणमा ब्यस्त बन्दै करिश्मा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

एमाले प्रवेश गरेलगत्तै उत्ताउलो भाषणमा ब्यस्त बन्दै करिश्मा



नेकपा एमालेमा भर्खरै प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले उत्ताउलो भाषण गर्न थालेकी छन् । कलाकारितामा निकै भद्र र सालिन मानिने उनले एमाले प्रवेश गरेलगत्तै उत्ताउलो भाषण गर्न थालेकी हुन् ।

एमाले प्रवेश गरेयता अभिनेत्री करिश्मा मानन्धरको व्यस्तता पनि चुलिएको छ । पछिल्लो समय उनी पार्टीको चुनावप्रचार केन्द्रित कार्यक्रममा सक्रिय छिन् ।

कार्यक्रमहरूमा आफ्ना अभिव्यक्तिका कारण करिश्मा सामाजिक सञ्जालमा ‘ट्रोल’ बनिरहेकी छन् । सामाजिक सञ्जालमा आफूलाई ट्रोल बनाउनेहरूलाई उनले पनि व्यंग्य गरिरहेकी छन् । र पार्टीको प्रचारलाई सहयोग पुग्ने गरी स्टाटस लेखिरहेकी छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा करिश्माले फोटो पोस्ट्याउँदै स्टाटस पनि राखिन्, ‘हत्केलाले सूर्यलाई छेकेर सूर्यलाई छेकेँ भनेर सोच्नेलाई के भन्नु ? उसले त आफ्नै मुहार छेक्ने हो ! सूर्य त आफ्नै गतिमा दौडिरहेको छ ।’

एमालेको एक कार्यक्रममा भाषण गर्ने क्रममा करिश्माले आफ्नो न्वारानको नाम ‘सूर्जे कुमारी’ भएको बताएकी थिइन् । त्यसयता लगातार ट्रोलको सिकार बनेपछि अहिले उनलाई त्यही नाम ‘भारी’ परिरहेको छ ।