लकडाउन नमानेपछि, तत्काल कर्फ्यु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लकडाउन नमानेपछि, तत्काल कर्फ्यु



काठमाडौँ– सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न मंगलबारदेखि देशैभर लकडाउन गरेको छ । तर, सर्वसाधारणले अवज्ञा गरेकाले कर्फ्यु लगाउनु पर्ने अवस्था देखिएको छ ।

देशका केहि जिल्लामा सर्वसाधारण पहिलेकै जस्तै बाहिर निस्केकोले कर्फ्यु आदेश जारी गरिसकिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि अत्याआवश्यक अवस्थामा बाहेक आवत जावतमा प्रतिबन्ध लगाएपछि पनि सर्वसार्धरणले हिँडडुल गर्न र दैनिकी नछाडेपछि अवस्था चिन्ताजनक बनेको छ ।

सरकारले जारी गरेको लकडाउनको आदेशको अवज्ञा गरेपछि कर्फ्यू नै लगाउनु पर्ने अवस्था सिर्जना भएको बताइएको छ।

बिहान १० बजेसम्म चार जिल्लामा कर्फ्यु आदेश जारी गरेका छन्। कैलाली, कञ्चनपुर, डडेलधुरा, गुल्मीलगायतका जिल्लाले कर्फ्यू आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३० अनुसार निषेधाज्ञा जारी गरेका छन्।