लकडाउन होइन, कर्फ्यु लगाउन छलफल - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

लकडाउन होइन, कर्फ्यु लगाउन छलफल



काठमाडौं- लकडाउन खोलेपछि नेपालमा कोरोनाको भयावह अवस्था देखिन थालेको छ । समयमै थप उपाय नअपनाउने हो भने यसबाट हाम्रोजस्तो देशले ठुलो क्षती बेहोर्नुपर्ने पक्का छ ।

सरकारले लकडाउन गर्ने तयारी गरेको हल्ला चलिरेहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्दैछन्। संक्रमण तिब्र बढ्न थालेपछि सम्बन्धित विज्ञहरुसँग छलफल डाकिएको हो ।

बालुवाटारमा यसअघी पनि कोरोना नियन्त्रण गर्नका लागि के गर्ने भन्नेबारे छलफल चलिरेहेको खुलेको छ । पूर्वका केहि जिल्लामा समुदायस्तरमै संक्रमण फ़ैलिएपछि स्वास्थ्यमन्त्रालयले पनि थप चासो दिएको छ ।

बन्दाबन्दी खुलेपछि विशेषगरी ठूला शहरहरुमा संक्रमणको अवस्था चिन्ताजनक बनेको छ । काठमाडौं उपत्यका, वीरगञ्ज महानगरपालिका, विराटनगर महानगरपालिका लगायत शहरमा संक्रमित संख्या बढेको छ।

बन्दाबन्दी खुलेपछि नेपालको अवस्था नाजुक बनेको छ । कतिपयले फेरि बन्दाबन्दी गर्नुपर्ने बताएका छन् । सरकारले पनि अबको अवस्था कस्तो हुने भनेर छलफल चलाएको छ । यसबारे प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम तय पनि भएको छ ।

तर, पछिल्लो समय सर्वसाधारणले लकडाउन पनि उल्लंघन गर्ने गरेको, सरकारको आग्रहलाई पालन नगरेको, सामाजिक दूरी कायम नगरेको कारण केहिदिन निषेधाज्ञा (खुकुलो कर्फ्यु) लगाउनेबारे पनि छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीलाई कतिपय विज्ञले पनि केहिदिन कर्फ्यु नै लगाउनुपर्ने र परिक्षन्को दायरा ब्यापक बढाउनुपर्ने सुझाव दिएको बुझिएको छ ।

खासगरी केहिदिन कडा लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्ने बिषयमा कोभिड रोकथाम गर्न बनाइएको सीसीएमसीले समेत कडा खालको देशव्यापी लकडाउन गर्न सरकारलाई सुझाव दिएको थियो ।

गएको ११ चैतदेखि जारी बन्दाबन्दी खोल्नेबारे पनि विज्ञहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । तिनै विज्ञहरुसँग फेरि आज छलफल राखिएको बताइएको छ । १२० दिन पछाडि ७ साउन देखि बन्दाबन्दी अन्त्य गरिएको छ।

तर, सोमबार मात्रै पनि नेपालमा थप ४१८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित संख्या २० हजार ७५० पुगेको छ भने ५७ जनाको मृत्यु भएको छ।