नेपाल समुहका सांसदलाई कारबाही: राष्ट्रपतिकहाँ पुग्यो पत्र
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका सांसदहरूलाई गंभिर कारबाही गर्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको बताइएको छ ।