माधव नेपाल र भीम रावलमाथी कारवाही हुन्छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

माधव नेपाल र भीम रावलमाथी कारवाही हुन्छ: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावलमाथी कारवाही गर्ने संकेत गरेका छन् । दुई नेताले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ कारवाहीयोग्य भएको भन्दै कारवाहीको संकेत गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको एमाले संसदीय दलको वैठकमा ओलीले त्यस्तो संकेत गरेका हुन् । संसदीय दलको वैठकमा समेत सहभागी नभएका नेपाल र रावललाई संकेत गदै प्रधानमन्त्री ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको तर माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका छन् ।

तर उनले स्पष्टिकरण सोधएिकै मध्येका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका सन्र्दभमा भने कारवाही हुने तिर संकेत गरेनन् ।

गत चैत ७ गतेको केन्द्रीय समिति वैठकले पार्टी हित विपरितका गतिविधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टिकरण सोध्ने निर्णय एमालेले गरेको थियो ।

त्यसपछि गत सोमबार नेताहरुलाई तीन दिनभित्र स्पष्टिकरणको जवाफ वुझाउन निर्देशन दिदै महासचिव इश्वर पोखरेलले स्पष्टिकरण पत्र काटेका थिए ।

त्यसको जवाफ चारै नेताले विहिवार साझ मात्र वुझाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल र भीम रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।

दलको वैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गदै भट्टराईले प्रधानमन्त्रीले फागुन २८ गतेको निर्णय कुनै पनि हालतमा फिर्ता नुहने वताएका थिए ।
‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’ ओलीको भनाई उदृत गर्दै प्रमुख सचेतक भट्टराईले भने ।

माधव नेपाल र झलनाथ खनाल समुहका नेता झलनाथ खनालले शुक्रवार नै संसदीय दलको वैठकमा पुगेर फागुन २८ र चैत ७ को निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए । उनले एमाले र माओवादी एकता अगाडीको २०७५ जेठ २ को अवस्थामा पार्टी र पार्टी संगठनलाई फर्काउनु पर्ने वताउँदै आफुहरुको उक्त माग पूरा गर्नुपर्ने धारणा राखेका थिए । आफनो धारणा राखेपछि दलको वैठकवाट नेता खनाल भने बाहिरिएका थिए ।

तर खनालको त्यस्तो मागमा प्रधानमन्त्रीले अव कुनै पनि खालको सम्झौता नहुने प्रष्टाएका हुन् । अध्यक्ष ओलीले आफूलाई माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको बताएका थिए ।

ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने भन्दैं कोही कसैका ब्यक्तिगत समस्या भए पार्टीमा छलफल गर्न सकिने तर समुहगत रुपमा गुटका विषयमा कुनै डिल नहुने वताएका हुन् ।

यस अगाडीका दुइृ दुई ओटा संसदीय दलको बैठक वहिष्कार गरेको खनाल नेपाल समुहका नेताहरु पनि आजको दलको वैठकमा भने सहभागी भएका थिए ।

ओलीले दुई ओटा बैठक सम्ममा सहभागी नभएका नेताहरुलाइृ स्वागत गदै बालुवाटारमा आज नयाँ केही भएको टिप्पणी समेत गरेका थिए । ‘यस अघि बैठकमा सहभागी नहुनु भएका नेताहरु आउनुभएको छ । बालुवाटारमा आज नयाँ घटना घट्यो । आज आउनुभएको नेताहरुलाई स्वागत छ,’ ओलीले भनेका थिए ।