मनोज पुनका सहयोगी माओवादीका दुई नेता कारबाहीमा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

मनोज पुनका सहयोगी माओवादीका दुई नेता कारबाहीमा



गुण्डानाइके मनोज पुललाई सहयोग गरेको आरोपमा माओवादी केन्द्रले दुई नेतालाई कारबाही गरेको छ।

बुधबार नेकपा माओवादी केन्द्र रुपन्देहीले प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके पुनलाई सहगोग गरेको अभियोगमा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा रुपन्देहीका स्थानीय नेता लेखनाथ न्यौपाने र तुलसी न्यौपानेलाई कारबाही गरेको हो।

माओवादी केन्द्रका रुपन्देही इन्चार्ज दधीराम न्यौपानेले बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन्।

घटनाको छानविन भइरहेको भन्दै उनीहरुलाई छानविनमा सहयोग पु¥याउने उद्देश्यले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।