सर्वोच्चद्वारा संसद विघटनविरुद्ध कारण देखाऊ आदेश जारी - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

सर्वोच्चद्वारा संसद विघटनविरुद्ध कारण देखाऊ आदेश जारी



काठमाडौं- सर्वोच्च अदालतले संसद विघटनको निर्णयबिरुद्ध प्रधानमन्त्री, राष्ट्रपतिलगायत विपक्षीहरुसँग कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चले संसद विघटनको निर्णयबिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। संसद विघटनको आदेशबिरुद्ध अदालतले शुक्रबार नेपाल बार र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जना न्यायाधीशरुको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।

रिटहरुको सुनुवाइका लागि संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी तोकिएका थिए।