करको बोझले जनतामा संघीयताप्रति नै वितृष्णा:खड्का - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

करको बोझले जनतामा संघीयताप्रति नै वितृष्णा:खड्का



नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले करको बोझले जनतामा संघीयताप्रति नै वितृष्णा बढ्ने खतरा बढेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले जनतामाथि करको बोझ थोपरेको र आर्थिक उच्छृंखलता निम्त्याउन खोजेको आरोप लगाए ।

लोकतन्त्रविरोधी गतिविधि नसच्याए कांग्रेस सडक र सदन दुवै ठाउँबाट संघर्षमा उत्रिने खड्काको चेतावनी थियो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा–महाराजाको अनुभूति दिनेगरी शनिबार प्रदेश नम्बर–२ को प्रदेशसभालाई सम्बोधन गरेको आरोप लगाए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेले भने सरकारको ६ महिने कार्यकाल पूर्णरुपमा सफल भएको दाबी गरे ।