कपिलवस्तुमा त्रास: बैंकका कर्मचारी, शिक्षक, ब्यापारी र विद्यार्थी संक्रमित
बुटवल- कपिलवस्तुमा एभरेस्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकका कर्मचारी लगायत शिक्षक, ब्यापारी र विद्यार्थीमा समेत संक्रमण फैलिएको बताइएको छ ।
यससंगै कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ ।
सङ्क्रमितमध्ये १ जना एभरेस्ट बैका कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ विद्यार्थी रहेका छन्। कृष्णनगरमा १ सय ३३ जनाको नमुना संकलन गरिएको थियो।ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो।
कपिलवस्तु जिल्लामा हालसम्म ८ सय ६ जनामा कोरोना देखिएको थियो। कुल सङ्क्रमितमध्ये ७ सय ३९ जना भारतबाट, २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय छन्।
समुदायका कोरोना फैलिएको जाँच गर्न जिल्लाका ६ पालिकाबाट ३ सय २० नमुना संकलन गरिएको थियो। समुदायस्तरमै कोरोना संक्रमण फ़ैलिएपछि स्थानीयहरू थप त्रसित बनेका छन् ।