कपिल शर्माको नयाँ शो यस्तो बन्दैछ ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कपिल शर्माको नयाँ शो यस्तो बन्दैछ !



भारतीय ‘कमेडी किङ’का नामले परिचित कपिल शर्मा पुनः कमेडियन शो लिएर आउन लागेको खवर प्राप्त भएको छ । यसको तयारीमा आजभोली कपिल अभ्यासमा समय दिईरहेको जानकारीहरुमा बताईएको छ । आफ्नो स्वास्थका कारण पुरानो शो लाई बिचैमा छोड्नु परेको कारण बताउदै उनले आगामी कार्यक्रमको बारेमा सबैमा भएको जिज्ञासाको पनि अव अन्त हुनै लागेको खुलासा गरेका छन ।

लामो समय देखि काम बिहिन बनेका उनको शरिरपनि अश्वभाविक रुपमा बढेकोले उनि यो समयमा आफ्नो शारिरिक सुगठनलाई पनि उत्तिकै समय दिईराखेका छन । उनले आफ्नो तौल घटाउनको लागि फिटनेस एक्पर्टलाई पनि नियुक्त गरेको उनले जानकारी गराएका छन ।

सुनिल ग्रोभरसंगको बिवादले ठुलै रुप लिएपछि विभिन्न आलोचलाबाट चिन्तित बनेका उनले त्यसपछि बिचमा एक आफ्नो नयाँ कमेडी शो लिएर आएका थिए तर त्यो दुई सृङखलामा मात्र सिमित रहदै बन्द भएको थियो । शो बन्द पछि केहि समय उनि आफु रक्सिको लतमा फसेको र त्यसबाट छुटकारा पाउन कहि समय सुधार गृहमा पनि बस्नु परेको समाचारअरु प्रकाशित भएका थिए ।
केहि समय अधिमात्र ईटालीमा आफ्नी प्रमिकासंग बिदा मनाउदै गरेका तश्विरहरुले संञ्चार माध्यमहरुमा सबैको चर्चा बटुलेका थिए ।

कपिल यतिबेला कुनै पनि विवादमा पर्न चाहँदैनन्, जसको प्रभाव उनको व्यक्तिगत जीवन, करिअर र शो मा परोस् । त्यसका लागि कपिलले सोसल मिडियाबाट आफूलाई निकै टाढा राखेका छन् ।

एउटा कमेडी शो गरेको एक करोड लिने कपिललाई अब दुई महिनापछि पुनः टीभीको पर्दामा देख्न पाइने भएको छ । कपिल पुनः टीभीको पर्दामा देखिने भएपछि अहिले उनका फ्यानहरू निकै खुसी भएका छन् । सोनी टीभीले पनि कपिलको स्टारडमलाई मध्यनजर गर्दै तुरुन्तै काम शुरु गर्न भनेको छ ।कपिलको उक्त शो आगामी अक्टुबरदेखि सोनी टीभीमा प्रसारण हुने जानकारीमा बताईएको छ ।एजेन्सि