कपिललाई लाग्यो ऐलेसम्मकै ठुलो झड्का ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कपिललाई लाग्यो ऐलेसम्मकै ठुलो झड्का !



एजेन्सी – भारतका हास्यकलाकार कपिल शर्मा अब सानो पर्दामा फिर्ता भइसकेका छन् । उनी डिसेम्बर २९ मा टेलिभिजनमा फिर्ता भएका हुन् । लामो समयदेखि कपिलको ठट्टा, चुट्किला मिस गरिरहेका दर्शकले उनको नयाँ शो निकै रुचाइरहेका छन् । कपिलले दर्शकलाई त खुसी बनाइरहेका छन् तर पैसाको मामलामा उनलाई ठूलो झट्का लागेको छ ।

कपिललाई एक वा दुई लाख मात्र नभई ४० देखि ५० लाख भारुको झट्का लागेको छ । अहिलेका लागि कपिलले यो झट्का सहनु बाध्यता हुनसक्छ किनभने यसपटक उनी सलमान खानसँग मिलेर फिल्म निर्माण गरिरहेका छन् । यसअघिको कार्यक्रम उनको प्रोडक्सन हाउसको हातमा थियो ।

सन् २०१६ मा जब कपिल आफ्ना साथी सुनिल ग्रोवर, कीकू शारदा, चन्दन प्रभाकरसँग काम गरिरहेका थिए तब उनले एक एपिसोडका लागि करिब ६० देखि ८० लाख भारु चार्ज गर्दथे । तर अब उनले जति पैसा पाइरहेका छन् त्यो निकै कम छ ।

कपिलको एक एपिसोडको शुल्क अब ६० देखि ८० लाखबाट घटेर १५ लाख पुगेको छ । यो खबर भारतीय मिडियामा चलिरहेको रिपोर्टमा सार्वजनिक भएको हो । कपिलबाहेक भारती र कृष्णाले एक एपिसोडको १० देखि १२ लाख भारु पाउँछन् ।