कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिने



काठमाडौं । अधिकांश मानिसहरु आफ्नो मोबाइल फोन चार्जको समस्याले हैरान देखिन्छन् । महत्वपूर्ण काम परेकै बेला मोबाइल स्वीच अफ भैदिन्छ, झन् कस्तो हैरानी । कतिपयले यस्तो समस्याबाट मुक्त हुन पावर बैंक बोकिराख्नु परिरहेको पनि छ । तर, यस्तो प्रविधि आउँदैछ कि अब पावर बैंक बोकिरहनुपर्ने झन्झट हुने छैन ।

शोधकर्ताहरुका अनुसार अब आफैले लगाएको कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिनेछ । नाटिङ्घम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरुले कपडाबाटै चार्ज गर्न सकिने दाबी गरेका छन् । उनीहरुका अनुसार एउटा सानो सोलार प्यानल सर्टको गोजीमा लगाउन सकिनेछ । जब तपाई मोबाइल गोजीमा राख्नुहुनेछ, आफै चार्ज हुन थाल्नेछ । वैज्ञानिकहरुले यस प्रविधिको नाम चार्जिङ डक राखेका छन् ।

शोधकर्ताहरुका अनुसार चार्जिङ डक ३ मिलिमिटर लामो र १.५ मिलिमिटर चौडा हुनेछ । यसले पावर बैंकको जस्तै काम गर्नेछ साथै अरु कपडाजस्तै यस कपडालाई पनि धुन सकिनेछ ।