अब कपडा किन्ने पर्दैन, यत्तिकै पाइन्छ छानीछानी - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

अब कपडा किन्ने पर्दैन, यत्तिकै पाइन्छ छानीछानी



काठमाडौं- एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्काेमा लगाउन धेरैलाई मन लाग्दैन। एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ।

अर्काे, किनेर सिलाउँदा पनि समय लाग्छ। तर अब चिन्ता लिनुपर्दैन। पार्टी र सभा समारोहमा लगाउने लुगा भाडामा पनि पाइन्छ।

एन्डिडोट नेपाल र कपडा रेन्टजस्ता ‘स्टार्टअप बिजनेस’मा आबद्ध व्यवसायीले यस्तो सुविधा दिएका हुन्। यो खबर आजको कान्तिपुरमा नुमा थाम्सुहाङले लेखेकी हुन्।

सुनकोठीकी मोनिका थापा मार्केटिङ म्यानेजर छिन्। व्यवस्थापनमा स्नातकोत्तर उनलाई कलेजको एउटा पार्टीका लागि कुन लुगा लगाउने भन्ने द्विविधा भयो।

उक्त पार्टीमा लगाउन अहिलेसम्म नलगाएको डिजाइनको कपडा चाहिएको थियो।

पार्टीका लागि भाडामा गाउन र साडी पाइन्छ भन्ने सुनेपछि उनले एन्डिडोट नेपालको सोसल मिडिया पेज खोलिन् र अनुरोध पठाइन्।

सुरुमा कपडा कस्तो पाइएला भन्नेमा शंका थियो। तर प्रयोगपछि भने गुनासो नरहेको उनले बताइन्। ‘पेजको सबै फोटो हेरेपछि राम्रो लागेर लिएँ। यहाँ सस्तो पनि पाइने रहेछ,’ उनले भनिन्।