कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना
नयाँ दिल्ली
भारतको नयाँ दिल्लीमा विभिन्न नेपाली सङ्घ सङ्गठले भरिपूर्ण छँदै छ । सोही अवसरमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ् लांघाली मगर समाज दिल्लीको विधिवत रूपमा स्थापना भएको छ । भारत स्थित नेपाली राजदूतावासका प्रतिनिधि होम प्रसाद लुइँटेलको प्रमुख आतिथ्यता ,नेपाल मगर सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष डव बहादुर गर्बुजाको विशिष्टआतिथ्यता एवं फर्स थापाको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रवासी नेपाली राजनैतिक एवंम् गैर राजनैतिक सङ्घ संस्थाको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लुइँटेलले उक्त समाजलाई शुभकामना प्रदान गर्दै दूतावासको सहयोग रहने बताएका थिए भने नेपाल मगर सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष गर्वुजाले मगर जातिको परिचय योगदान र राज्यमा उनीहरूको स्थान बारे परिचर्चा गरेका थिए । कार्यक्रममा अन्य सङ्घ संस्थाका प्रतिनिधिले उक्त समाजको उत्तर उत्तर प्रगतिको कामना गर्दै आगामी दीनम अझै सशक्त र सङ्गठित बनोस् भन्ने शुभकामना दिए ।
सभापति थापाले मगर जातिको कला ,सांस्कृतिक र पहिचानको जगेर्ना गर्नको निम्ति उक्त संस्थाको स्थापना भएको बताएका थिए । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासङ्घ भारत शाखाका सदस्य बाबु रोका मगरले गरेका थिए ।
यस्तो छ कार्य समिति
तस्विर :कृष्ण शर्मा