यी हुन् संसद विघटनविरुद्ध सर्वोच्चमा बहस गर्ने कानुनविद - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

यी हुन् संसद विघटनविरुद्ध सर्वोच्चमा बहस गर्ने कानुनविद



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धन त्यसको विरुद्धमा कानुनी लडाई लड्दै छ ।

संसद विघटनको विपक्षमा विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा दर्जनौं कानुनविद्हरुले बहस गर्ने भएका छन् । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।

कानुनविद्हरु बद्रीबहादुर कार्की, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, रामनारायण बिडारीलगायतले बहस गर्नेछन् । यस्तै दलको तर्फबाट भीम रावल, पुष्पा भुसाल र रमेश लेखकले पनि बहस गर्नेछन् ।

सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।