आँसु झार्दै कानुनमन्त्रीले दिए राजिनामा !
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन्।
केही दिनअघि एउटा कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका छात्राबारे दिएको अभिव्यक्तिका कारण मन्त्री तामाङ विवादमा तानिएका थिए। सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि उनले विज्ञप्ति जारी गर्दै ‘छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा’ मागेका थिए।
मन्त्री तामाङले गत चैत २ गते पद तथा गोपनीयताको सपथ लिएका थिए।
राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले आँशु झारेका थिए। उनले आफू गरिब पृष्ठभूमिबाट आएको बताए।
उनले आफ्नो विरुद्धमा कतिपय लागेको आरोप लगाए। कतिपय कमजोरीलाई मूल विषय बनाएर प्रचारित गरिएको बताए। उनले आफू नारी अस्मिताको विषयमा गम्भीर भएको बताए।
उनले पत्रकार सम्मेलनलाई दुई चरणमा विभाजन गरेका थिए। पहिलो चरणमा उनले आफूले मन्त्री भएर गरेको कामको चर्चा गरेका थिए। दोस्रो चरणमा उनले राजीनामा घोषणा गरेका थिए।