कान्ति अस्पतालको कन्तबिजोग ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

कान्ति अस्पतालको कन्तबिजोग !



बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो ।

डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको हो । निर्देशक राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरेले चार घन्टामा एकजनालाई मात्रै सेवा दिने गरेको छ ।

तर, सही कन्डिसनमा रहेको डिजिटल एक्सरेले एक घन्टामा करिब ६० जना बिरामीलाई सेवा दिने क्षमता राख्छ । ‘अस्पतालमा आकस्मिक बिरामीहरू सेवा लिन आउँछन् । दुर्गमबाट बालबच्चाहरू ल्याइन्छन् । तर, हामीसँग उपकरण नभएका कारण चाहेजस्तो गुणस्तरीय सेवा दिन असमर्थ भएका छौँ,’ निर्देशक राईले भने । अस्पतालसँग रहेको अर्को साधारण एक्सरे पनि वर्षौँ पुरानो भएकाले सेवा दिन नसकेको उनले बताए ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।