कान्ती माविको ६७ औं वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

कान्ती माविको ६७ औं वार्षिकोत्सव सम्पन्न



पहलमानपुर,कैलाली । घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी मावीले ६७ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।

विद्यालय प्राङ्गणमा बिहिवार विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि विद्यालयले ६७ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए । कार्यक्रममा प्रमुख अथितिको आसनवाट बोल्दै
मन्त्री सुवेदीले सुदुर पश्चिम् प्रदेश सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी लगाएको बताएका छन् । उनले गत बर्षमा मात्रै प्रदेश सरकारले विद्यालयका २ कोठे भवन ८८ वटा , ४ कोठे भवन ८८ वटा , ३२ वटा क्याम्पस , खेल मैदान लगायतका संरचनाहरु निर्माण गरिएको बताए ।

जनतालाई बोलेका कुराहरु प्रदेश सरकारले पूरा गर्दै गएको बताउदै मन्त्री सुवेदीले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै केहि तत्वहरु विपक्षमा लागेको बताएका छन् । नयाँ अवस्था बाट सिर्जना गरेको प्रदेश सरकारमा बस्ने टेबुल र कुर्ची समेत नभएको प्रदेश सरकारलाई स्थापना गरि कार्यक्रमहरु संचालन गरिरहेको बताए । मन्त्री सुवेदीले अहिले पनि प्रदेशमा कर्मचारी अभाव हुदा काममा समस्या भएको बताए ।

उनले स्थानीय तथा प्रदेशबाट आएका बजेटहरु सहि सदुपयोग नगरी उपभोक्ताको नाममा ठगी धन्दा गरिरहेको हुँदा स्थानीय जनता नै चनाखो भएर अनुगमनमा लाग्नको लागि आग्रह समेत गरेका छन् ।

विद्यालयका सहायक प्र अ कमल तिमिल्सिनाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको विशिस्ठ अथितीमा प्रदेश सांसद अमर बहादुर साउद , घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह रहेका थिए भने अथितीहरुमा शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी , वडा नं १० का अध्यक्ष भिम बहादुर बम लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयमा विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक नर बहादुर देउवाले गरेका थिए ।