कान्टेलाई रोनाल्डोभन्दा महंगो मूल्यमा बेच्ने चेल्सीको तयारी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कान्टेलाई रोनाल्डोभन्दा महंगो मूल्यमा बेच्ने चेल्सीको तयारी



इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ।

फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए।

कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जेन्टिनाका एञ्जल डि मारिया र गोन्सालो गुइडेसलाई बेच्ने तयारी पनि थालेको छ।

यदि चेल्सीले राखेको मूल्यमा कान्टे पिएसजी भित्रिए उनका लागि खर्चिएको रकम क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ।

रियल म्याड्रिडले ९९ मिलियन युरोमा रोनाल्डोलाई युभेन्ट्समा बेचेको थियो।

क्रिस्टियानो रोनाल्डोलाई बेचेपछि रियल म्याड्रिड हजार्डलाई आफ्नो क्लबमा भित्र्याउने अभियान थालेको छ।