वाइडबडी प्रकरण:कंसाकारलाई निलम्बन नगर्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वाइडबडी प्रकरण:कंसाकारलाई निलम्बन नगर्ने



काठमाडौं: सरकारले वाइडबडी विमान खरिद प्रकरणलाई लिएर नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो ।

तर, यसबारे न्यायिक आयोगसमेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।