यी हुन् कंसाकारलाई कालोमोसो दल्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

यी हुन् कंसाकारलाई कालोमोसो दल्ने



काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता सुरेश तामाङ पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ बस्ने ३७ वर्षीय तामाङलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले तामाङमाथि अनुसन्धान शुरु गरेको छ । वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै उहाँकै कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो । घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।