फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचिमा कन्हैया कुमार र प्रशान्त किशोर - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचिमा कन्हैया कुमार र प्रशान्त किशोर



काठमाडौं- विश्वको प्रतिष्ठित फोर्ब्स म्यागाजिनले यो वर्षको शक्तिशाली व्यक्तिमा कन्हैया कुमारको नाम पनि समावेश गरेको छ । कन्हैयासँगै विहारका अर्का युवा प्रशान्त किशोर पनि यो सूचिमा अटाएका छन् ।

कन्हैया जेएनयू विश्वविद्यालयका छात्र संघका पूर्व अध्यक्ष हुन् । राजनीतिक रणनीतिकारका रुपमा चिनिने प्रशान्त किशोरले भारतीय जनता पार्टी, नरेन्द्र मोदी र नितिश कुमारको सफल चुनावी रणनीति बनाउने कामको नेतृत्व गरिसकेका छन् ।

पछिल्लो समय यी दुवै युवाहरु भारत र भारत बाहिर पनि चर्चामा छन् । प्रशान्त किशोर जनता दल युनाइटेडका उपाध्यक्ष हुन् । फोर्ब्सले आउँदो दशकमा भारतीय राजनीतिमा निर्णायक चेहराको रुपमा उनीहरुलाई उल्लेख गरेको छ ।

यी दुवै युवालाई फोर्ब्सले आगामी दशकको चर्चित अनुहारको रुपमा चित्रित गरेको छ । यो सूचिमा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे, साउदी अरबका युवराज मोहम्मद बिन सलमान, न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डन, पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग, फिनल्याण्डका नयाँ प्रधानमन्त्री सना मारिन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि अटाएका छन् ।

फोर्ब्सको सूचिमा कन्हैयामा १२औं स्थानमा अटाउँदा प्रशान्त १६औं स्थानमा छन् । यी दुई सँगै अन्य ५ भारतीय मुलका नागरिक पनि

फोर्ब्सले कन्हैयाको बारेमा चर्चा गर्दै उनले २०१६ मा देशद्रोहीको आरोप लाग्दा दिएको जवाफको सन्दर्भलाई उल्लेख गरेको छ । उनले जेएनयूबाट विद्यावारिधीको उपाधि प्राप्त गरिसकेका छन् । बिहारको बेगूसराय लोकसभा निर्वाचन २०१९ मा उनी पहिलोपटक चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि, उनले जित हासिल गर्न सकेनन् । उनले २२.०३ प्रतिशत मत प्राप्त गरेका थिए ।

उता सफल रणनीतिकार रहेका प्रशान्त सिंह ४२ वर्षका भए । उनले २०११ देखि सफल रणनीतिकारको भूमिकामा देखिएको फोर्ब्सले जनाएको छ । उनले भाजपालाई गुजरातमा चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । अन्य विभिन्न चुनावमा महत्वपूर्ण भूमिका खेलको प्रशान्तको टिमले हाल आम आदमी पार्टीलाई दिल्लीबाट चुनाव जिताउन सल्लाह दिइरहेको छ ।