कन्हैया कुमार दोस्रो नम्बरमा
काठमाडौं -भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ ।
अमेठीमा राहुल गान्धी पछि परेका छन् भने बिहारको बेगुसरायमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ।
त्यहाँ भाजपाका उमेद्बार गिरिराज सिंहले अग्रता लिएका छन् । बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमार दोस्रो नम्बरमा छन् ।
सिंह ५२०९५ मतले अग्रता लिइरहेका छन् भने कुमार २७ हजार दुई सय ९५ मतले उनलाई पछ्याइरहेका छन् ।