कन्हैया कुमारले भन्छन: देश होइन अब भाजपा टुक्र्याउने हो - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कन्हैया कुमारले भन्छन: देश होइन अब भाजपा टुक्र्याउने हो



काठमाडौं- भारतको राजधानी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा गत आइतबार साँझ मुकुन्डोधारी आक्रमणकारीले विद्यार्थी र शिक्षकहरुमाथि कुटपिट गरे।

त्यसयता कम्युनिस्ट पार्टी अफ इन्डियाका युवा नेता कन्हैया कुमारसहितका कैयौं नेता तथा विद्यार्थीहरुले आक्रमणकारीहरुमाथि कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन्।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेतासमेत रहेका कन्हैया कुमारको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन भएपछि भारतको सत्तारुढ दलका नेताहरुले कन्हैया कुमारसहितका प्रदर्शनकारीलाई टुक्रे ग्याङको संज्ञा दिएका छन्।

टुक्रे ग्याङले हिंसा मच्चाएर देश टुक्र्याउन लागेको आरोप लागिरहँदा कन्हैया कुमारले त्यस्ता टिप्पणीको कडा जवाफ दिएका छन्।

यसअघि भारतमा नागरिकता कानुनलाई लिएर वृहत प्रदर्शन भएको थियो। त्यस आन्दोलनमा पनि कन्हैया कुमार समावेश थिए।

गृहमन्त्री अमित शाहले त्यसबेला पनि प्रदर्शनकारीलाई टुक्रे ग्याङ भनेका थिए। कन्हैया कुमारले बिहीबार आफूहरु टुक्रे ग्याङ भएको स्वीकार गर्दै आफूहरु देशलाई नभएर भाजपालाई टुक्र्याउने टुक्रे ग्याङ भएको बताए।

कन्हैयाले भने,‘उनीहरुले हामीलाई टुक्रे ग्याङ भनिरहेका छन्। म यहाँ सडकमा छु। अनुहार लुकाएको छैन। हो म टुक्रे ग्याङ हो तर हामी देश टुक्राउने नभएर भारतीय जनता पार्टी टुक्र्याउने ग्याङ हौं।’