कांग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समिति गठन - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

कांग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समिति गठन



काठमाडौं, १३ चैत ।

व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बनाएको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले तीनजना पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको मर्यादाक्रम अनुसार २२ जनालाई कार्यसम्पादन समितिमा मनोनयन गर्ने प्रस्ताव पारित गरेको हो ।

२५ सदस्यीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुननरसिंह केसी छन् ।

त्यस्तै, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर र मानबहादुर विश्वकर्मा रहेका छन् ।

त्यसैगरी आजकै बैठकले केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।