फोरमले ओलीबिरुद्ध उठाएका उम्मेदवार नै कांग्रेसमा प्रवेश
झापा ।
संघीय समाजवादी फोरमले झापा ५ बाट ओलीबिरुद्ध उठाउने निर्णय गरेका तथा पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराएका विश्वदीप लिङदेन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यसअघि मंगलबार संघीय समाजवादी फोरमले उनलाई झापा ५ मा फेरि ओलीबिरुद्ध उठाउने निर्णय गरेको थियो । लिङ्देनसहित लिम्बुवानका केही कार्यकर्ता र समाजवादीका नेता कांग्रेस प्रवेश गर्दैछन् ।
लिङ्देनसहित फोरमका केन्द्रीय सदस्य एवम् इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई पनि कांग्रेस प्रवेश गर्दैछन् । राईलाई इलाममा झलनाथ खनालबिरुद्धमा उठाउने गरी कांग्रेसले टिकट दिने सहमति भएको बताइएको छ ।
पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ मा लिङदेनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३४