कांग्रेसले 'निहुँ' खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित



काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहे पनि ‘निहुँ’ खोजे कुनैपनि हालतमा नझुक्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले सरकार अनशनरत् डा. गोविन्द केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको पनि बताए ।

उनले कसैले अनशन बस्दैमा विधि र प्रक्रिया मिचेर अघि बढ्न नसक्ने स्पस्ट पारे ।

मन्त्री पण्डितले संसदमा प्रस्तुत् भएको चिकित्सा शिक्षा विधेयक संशोधनमार्फत् पारित गर्न सकिने तर बीचबाटोबाटै फिर्ता लिन सम्भव नभएको जिकिर गरे ।

डा. केसीका जायज माग वार्ताको माध्यमबाट नै समाधान गर्नसकिने बताए ।

वर्तमान सरकार जनताको भावना र चाहनाविपरीत नरहेको भन्दै मन्त्री पण्डितले सरकारलाई अप्ठ्यारोमा पारेर सही प्रतिफल ननिस्कने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राजपा नेपालका अध्यक्षमन्डलका सदस्य महेन्द्र राय यादवले सप्तरीको मलेठ घटनाको निष्पक्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकार जनताको परीक्षामा अनुत्तीर्ण भएको टिप्पणी गरे ।