कांग्रेसकै नेताले कांग्रेसलाई कमजोर बनाए: डा. कोइराला - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसकै नेताले कांग्रेसलाई कमजोर बनाए: डा. कोइराला



मोरङ- कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसमा नेतृत्व तहको अकर्मण्यता र संवादहीनताका कारण कांग्रेसपछि पर्दै गएको बताएका छन्।

विराटनगरमा देशसञ्चारसँग कुरा गर्दै केन्द्रीय सदस्य डा. कोइरालाले भने, ‘ पार्टी भित्र सैद्धान्तिक लडाई नभएको स्पस्ट पार्न चाहन्छु. वीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र, समाजवादमा सबै एक ढिक्का भएको बताएका कोइरालाले हाल पार्टी सभापतिको कार्यशैलीप्रति मात्र असन्तुष्टि व्‍यक्त भइरहेका छन्।’

उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर हुदै गएको आरोप समेत लगाए। भदौमा हुनुपर्ने महासमिति बैठक मंसिरमा सारिएकोमा आपत्ती जनाउदै उनले अझैसम्मपनि कुन स्थानमा बैठक गरिने नेतृत्वतहले जानकारी दिन नसकेको बताए।

विराटनगर, पोखरा, बीरगञ्ज जहां बैठकको आयोजना गरेपनि मान्य हुने बताएका कोइरालाले बैठक समयमा हुनुपर्नेमा जोड दिए। “बैठक समयमा हुन नसक्दा त्यसको असर सिंगो पार्टीमा पर्नेछ,” कोइरालाले भने।

पार्टीमा सभापति नै शक्तिशाली हुने भएकाले सभापति देउवाले त्यसको सही सदुपयोग गर्न नसकेको उनले स्पस्ट पारेकाछन्। सभापति देउवा समूहले महामन्त्री, उप सभापति, सह महामन्त्री लगायतका पद मनोनित भनिरहदा“ नेता कोइरालाले भने, “पार्टी अब ओपन सोसाइटी भइसकेको छ। पार्टी बृहत भइसकेको हुनाले सबै पदाधिकारी निर्वाचित भएर आउनुपर्छ। मनोनितलाई मिनीमाइज गर्नुपर्छ। अब हिजोको जस्तो जमाना रहेन।”

सबैलाई जिम्मेवारीपूर्वक मिलाएर अघि बढाउने काम सभापतिको भएको बताएका कोइरालाले भने, “कुनै एक गुटलाई मिलाउने कार्यमा सभापति अघि बढे, त्यो समूहको सभापति भए भइहाल्यो नि। दुइटा सभापति बनाइदिए भयो। तर त्यो गलत हुन्छ।”

वर्तमान सरकारको आठ महिनाको गतिविधीलाई मुल्याङकन गरिहाल्ने अवस्था नभएको बताएका नेता कोइरालाले दण्डहिनताको ग्राफले उचाइ लिइरहेको बताए। जनतामा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने निकाय पुलिसपनि निरीह अवस्थामा रहेको उनको भनाइ छ। साथै दुइतिहाइको सरकारलाई असफल हुने अधिकार नभएको स्पस्ट पारेका कोइरालाले यो सरकार असफल भए देश कमजोर हुने बताए।

त्यसैगरि, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केन्द्र र प्रदेश सरकारबीच तिक्तता बढाउने काम गरेको बताए। एउटा पार्टीको अध्यक्षले प्रदेश नम्बर दुइमा चेतावनी दिने कार्य उचित नभएको उनको भनाइ छ।

सरकारमा रहेका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताएका कोइरालाले भने, “उनीहरु जनवादी केन्द्रीयतामा विश्वास गर्छन्। उनीहरुको स्कुलिङ नै त्यही छ।त्यसलाई कुनै पनि हातलमा परिवर्तन गर्न उहाँहरु सक्नुहुन्न।”

संघीयतालाई सफल बनाउने जिम्मेवारी सबैको भएको बताएका नेता कोइरालाले भने, “संघीयताबाट पछि फर्कनु भनेको संविधानलाई गुमाउनु हो।”
त्यसैगरि प्रदेश नम्बर एकको राजधानीको विषयमा उनले विराटनगरको विकल्प अर्को नभएको पनि स्पस्ट पारेकाछन्।

भौतिक पूर्वाधार, सांस्कृतिक, राजनीतिक धरोधरले गाँजिएको विराटनगर राजधानीका लागि एकमात्र उचित स्थान भएको बताएका नेता कोइरालाले प्रदेश एकको नाममा “कोशी” उपर्युक्त हुने सुझाव दिएका छन्।