कांग्रेसका लागि मध्यरातमा पनि सरकारी काम: एमाले कार्यकर्ताले रङ्गेहात भेट्टाए - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कांग्रेसका लागि मध्यरातमा पनि सरकारी काम: एमाले कार्यकर्ताले रङ्गेहात भेट्टाए



रूपन्देही- सत्ता र गृह प्रसाशन कसरी दुरुपयोग भैरहेको छ भन्ने पछिल्लो उदाहरण खोज्न बुटवल पुगे हुन्छ । रुपन्देहीको बुटवलमा कांग्रेस कार्यकर्ता बटुलेर मध्यरातसम्म मतदाता नामावली संकलन गरिएको भेटिएको छ ।

मध्यरातसम्म मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्नेगरी कोठामा बन्द गरिएको छ । शुक्रबार राति साढे १० बजे नामावली संकलन गर्ने काम भइरहेको थाहा पाएपछि ११ बजे नेकपा एमालेका नेता कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका थिए ।

गृह प्रशासनको आडमा मधयरातसम्म कार्यालय खोलेर काँग्रेस निकटका नेताहरुले आफ्ना कार्यकताहरुलाई मतदाता नामावली भराउने काम गरेको एमालेको आरोप छ । अन्य समय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने मतदाता संकलन केन्द्र शुक्रबार भने रहस्यमय ढङ्गले सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो ।

प्रहरी प्रशासनको निगरानीमा नियमविपरीत मध्यरातमा काम गराउनु निन्दनीय र सत्ताको चरम दुरुपयोग भएको एमाले युवा नेता यम पाण्डेले बताए । तालाबन्दीसँगै मतदाता नामावली भर्नका आएका १५० बढी सर्वसधारणलाई घर फर्काइएको थियो ।

एमाले नेता कार्यकर्ताले सत्यतथ्य छानबिनको माग गर्दै कार्यालय घेराउ गरेका थिए । घटनालगत्तै सहभागी भएका एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच केही समय भनाभन चलेको थियो । नियन्त्रणमा लिइएको कागजातलगायतका सामग्री कार्यलयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरुको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्नेगरी एक कोठामा बन्द गरिएको छ ।