जुम्ल्याहा विलियम्सन : एउटा अद्भुत क्रिकेटर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जुम्ल्याहा विलियम्सन : एउटा अद्भुत क्रिकेटर



एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट घरेलु टोली इङ्ल्यान्डलाई पहिलो पटक उपाधि सुम्पिँदै सकिएको छ । ४४ वर्षीय विश्वकपको इतिहासमा इङ्ल्यान्ड घरेलु मैदानमा भाग्यमानी सावित हुँदा न्युजिल्यान्ड पराजित भएपनि सकर्थकको मन जित्न सफल भयो । भलै उपविजेतामा सीमित भए पनि न्यूजिल्यान्डका कप्तान केन विलियम्सनको चर्चाले क्रिकेट बजार तातेको छ । एक भलाद्मी कप्तानको उपमा पाएका विलियम्सन विश्वकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता अवधिभर उनले ५ सय ७८ रन बनाए ।

तिनै सर्वोत्कृष्ट खेलाडी विलियम्सनबारे आज हामीले विशेष चर्चा गरेका छौं ।

जो बच्चैदेखि कप्तान थिए 

खेलाडी मैदानमा चुनौतीको समाना गर्न तयार हुन्छन् । जितपछि खुसियाली मनाउने तरिकाबारे पनि अभ्यास गर्छन् । कसैलाई तालि बजाउन मन पर्छ भने कोही दौडिएर, कोही हात फैलाएर र कोही हासेर खुसी मनाउँछन् । तर टोलीलाई फाइनलसम्म पु¥याएर सर्वोत्कृष्ट खेलाडी बनेका विलियम्सनको सेलिब्रेसन स्टाइल नै छैन ।

उनी भलाद्मी तरिकाले मैदानमा प्रस्तुत हुन्छन् । उसो त क्रिकेटलाई भलाद्मीको खेल पनि भनिन्छ । मलिन स्वर र सोझा देखिने विलियम्सनले चार वर्षअघि ११ औं संस्करणको विश्वकप अन्तर्गत समूह चरणको खेलमा अष्ट्रेलियाविरुद्ध जितको छक्का प्रहार गरेपछि दिएको प्रतिक्रियाले सबैलाई हैरान पारेको थियो ।

त्यसपछि उनलाई आफनो गल्ती महसुस भयो । उनलाई थाहा भयो कि खेल सकिएपछि सबैसँग हात मिलाउनु थियो । किनकि विलियम्सन खेलाडी हुनुभन्दा पहिले एकजना राम्रा व्यक्ति हुन् । २८ वर्षीय विलियम्सन धेरै कुरा गर्न रुचाउँदैनन् न त कुरा गर्ने माहोल नै बनाउँछन् । उनको सबैभन्दा राम्रो पक्ष उनी सधैँ फुर्तिला देखिन्छन् ।
उनका स्कुले प्रशिक्षक जोस सेम्स भन्छन्,“विलियम्सन सधैँ केही गर्नका लागि मेहनत गर्थे र आशा राख्थे । तर उनी अरुलाई दुःख दिएर केही गरुँ भन्ने बिल्कुलै सोच्दैनथे ।”

करिब साढे २ घण्टाको समुद्री यात्रा गरेपछि उनको गाउँ तौरन्गा आउँछ । जहाँ विलियम्सनको क्रिकेट यात्रा सुरु भएको थियो । उनकी आमा भन्छिन्,“उनले निकै सानो उमेरदेखि क्रिकेट खेल्न सुरु गरेको हो । सानैदेखि क्रिकेटका लागि आतुर थियो ।”

परिवार खेलमय भएका कारण विलियम्सनलाई खेलमा लाग्न सहयोग पनि भयो । बुबा क्लब स्तरीय खेलाडी थिए तर बास्केटबल पनि खेल्थे । उनका ३ दिदी बहिनी भलिबल खेलाडी छन् ।

विलियम्सन जुम्ल्याहा हुन् । उनका भाइ लोगान पनि छन् । सायद उनको भविष्य त्यहि दिन लेखिएको थियो । जुन स्कुलमा उनी पढाइ गर्थे त्यहाँ ३ सय बालबालिका अध्ययन गर्थे जहाँ ८ टोली थिए । खेल माहोलमा हुर्किएका उनी परिवारको सहयोगमा नै आफ्नो खेल सुधार्न सफल भए ।

केही साताअघि लडर््समा उनलाई सोधिएको थियो कि अष्टे«लियाले न्यूजिल्यान्डलाई किन हरायो ? कप्तान विलियम्सनले भलाद्मी जवाफ दिए कि यो निकै ठुलो प्रश्न हो यसलाई जवाफ दिन धरै समय लाग्न सक्छ ।

जब एक भारतीय पत्रकारले अर्को प्रश्न गरे–तपार्इँ महेन्द्रसिँह धोनीलाई आफनो टिममा राख्न चाहनुहुन्छ ?

उनले भने, “के महेन्द्रसिँह धोनी आफ्नो राष्ट्रियता बदल्नुहुन्छ ? राष्ट्रियता बदलेको अवस्थामा हामी सोच्नेछौं ।”

इङ्ल्यान्डसँग फाइनल खेल्नुअघि उनको टोलीलाई अन्डरडग भन्ने प्रयास गरिँदा कप्तान विलियम्सनले भने,“यहाँ जसले पनि जित्न सक्छ । यसले केही फरक पर्दैन कि उसलाई अन्डरडगको संज्ञाले ।”

१६ बवर्षको उमेरमा विलियम्सनले आफनो पहिलो फस्ट क्लास प्रतियोगिता खेलेका थिए । स्कुल छोड्नुभन्दा पहिले उनले दुइ अर्धशतक पनि बनाएका थिए । उनी टोली कप्तान पनि थिए ।

यू–१९ विश्वकपसँगै उनले आयुबर्गको टोलीको पनि कप्तानी गरे । २० वर्षको उमेरमा नै पहिलो शतक बनाउँदै अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटमा स्थान बनाए । यो विश्वकपको फाइनलमा पनि विलियम्सनले बिना गल्ती ३० रन बनाए । उनको विकेट नै विपक्षी टोलीका लागि सबैभन्दा बढी आवश्यक थियो ।

न्युजिल्यान्डको टोलीमा रहेका पाँच खेलाडी यस्ता छनकि जसले अघिल्लो विश्वकप पनि खेलेका थिए । सेमिफाइनलमा भारतविरुद्ध पनि खेले । तर केही गल्ती पनि गरेनन् । जसले विलियम्सनलाई बलियो बनाउन सहयोग गर्यो ।