विलियमसन बने सर्वोत्कृष्ट खेलाडी - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विलियमसन बने सर्वोत्कृष्ट खेलाडी



एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियमसन एक दिवसिय विश्वकप २०१९ को ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् ।

आइतबार राती सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा इंग्ल्यान्डसँग बाउन्ड्रीको आधारले पराजित हुँदै उपाधि जित्न न्युजिल्यान्ड चुकेको थियो । न्युजिल्यान्डलाई उप विजेता बनाउन विलिमियनको कप्तानी र प्रर्दशन दुबै उत्कृष्ट रह्यो । विलियमसनले ९ इनिङमा समान २ शतक र अर्ध शतक सहित कुल ५ सय ७८ रन बनाएका थिए ।

जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो ।

सर्वाधिक रन बनाउने खेलाडी : रोहित शर्मा – भारत (९ खेल : ५ शतक, १ अर्ध शतक = ६ सय ४८ रन )
सर्वाधिक विकेट लिने खेलाडी : मिचेल स्टार्क – अष्टेलिया (१० खेल, २७ विकेट)