केनले गरे महङ्गो गोल ! - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

केनले गरे महङ्गो गोल !



ह्यारी केन प्रिमियर लिगको १५औं खेलमा बल्ल गोल गर्न सफल भएका छन्।

शनिबार राति भएको खेलमा फुल्हामलाई पराजित गर्दा उनले टोट्नह्यामका लागि गोल गरेका हुन्।

टोट्नह्यामले यसै सिजनमा प्रिमियर लिगमा बढुवा भएको क्लब फुल्हामलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।

गत सिजनका सबै ५९ खेलमा ५२ गोल गरेका केनले सेप्टेम्बरपछि पहिलो पटक प्रिमियर लिगको खेलमा गोल गरेका हुन्।

टोट्नह्यामको जितमा केनसँगै लुकास मौरा र किरण ट्रिपरले गोल गरेका थिए भने फुल्हामका लागि अलेक्जेन्डर मित्रोभिकले एक गोल फर्काएका थिए।