काँडेतारले घेरियो संसद भवन - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

काँडेतारले घेरियो संसद भवन



काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ।

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो।

पछिल्लो समय एमसीसी विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन्।

भोलि (बिहीबार) संसद बैठक बस्दैछ। संसद बैठक बस्दैगर्दा यता बानेश्वर क्षेत्रमा प्रदर्शनको तयारीसमेत गरिएको बताइएको छ। सम्भावित घटना हुन नदिन काँडेतार लगाइएको सुरक्षास्रोतले जानकारी दिएको छ।