गायिका सिर्जनाको 'कान्छा' विप्लभ (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

गायिका सिर्जनाको ‘कान्छा’ विप्लभ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत संगीतक‍ो बजारमा दिन प्रतिदिन नयाँ नयाँ गीत सार्वजनिक भइरहेको अवस्थामा गायिका सिर्जना कार्कीको स्वरमा रहेको कान्छा बोलको गीत हालै मात्र सार्वजनिक भएक‍ो छ ।

गीतमा अर्पणा कार्की र सिर्जना कार्कीको शब्द रहेको छ भने गायिका आफैले सङ्गीत भरेकी छन् । माया प्रेमको कथालाई लिएर गीत तयार भएको छ ।

यस्तै गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ केही समय अगाडि चर्चित गीतहरुक‍ो म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरी सकेका मोडल बिप्लभ खड्का , अजिता खड्का र सिर्जना कार्कीको दमदार अभिनय रहेको छ ।

गीतको भिडियोलाई अर्पण कार्कीले निर्देशन गरेका छन् भने राम के.सीक‍ो छायाङ्कन रहेको छ ।