कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो



काठमाडौं । कञ्चनपुरमा हत्याको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि लगाइएको कर्फ्यू बिहिबारबाट पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार बिहिबारदेखि कर्फ्यू पूर्ण रुपमा हटेको छ ।

कञ्चनपुरमा भएको निर्मला हत्याकाण्डको नयाँ शिराबाट अनुसन्धान थालिएपछि त्यहाँका स्थानीयले आन्दोलनलाई मत्थर पारेका छन् । प्रहरी अनुसन्धानबाट सत्यतथ्य पत्ता लाग्ने आशामा रहेका कञ्चनपुरबासी घटनाको सत्यतथ्य छानबिन हुनेमा विश्वस्त बनेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख नै फेरिएपछि घटनाको नयाँ शिराबाट छानबिन शुरु गरिएको छ । हत्याराको पहिचान गर्न नजिक पुगेको बताएको सिआईबीको टोलीले डिएनए परिक्षणका लागि केही ‘क्लियू’ फेला पारेको छ । सो को आधारमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परिक्षणका क्रममा रहेको अनुसन्धानमा खटिएका प्रहरी नायब निरिक्षक अंगुर जिसीले बताउनुभयो ।

आफूले गरेको अनुसन्धानमा विश्वस्त रहेको प्रहरीले पुनः नयाँ ढङ्गले अनुसन्धान थालेको छ । जनता समाचार डटकमसँगको कुराकानीमा सिआईवीका एक अधिकारीले भने–‘हाम्रो अनुसन्धानमा देखिए अनुसारको प्रमाण हामिले जम्मा गरेका छौ, अनुसन्धानमा तानिएका सबैको प्रमाण सुरक्षित छ ।’

कञ्चनपुर प्रहरी प्रमुख कुबेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउनु भएकाे छ । हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका बम दिदीबहिनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।