कञ्चनपुरमा अनिश्चितकालिन बन्दको घोषणा  - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

कञ्चनपुरमा अनिश्चितकालिन बन्दको घोषणा 



कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग गर्दै आजदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरिएको छ ।

आन्दोलनमा रहेको संंयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्। बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ भने सदरमुकामदेखि छुट्ने सवारी साधन चल्न सकेका छैनन्। शैक्षिक सस्थाहरु पनि बन्द छन् ।

नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग गरिएको छ । फाइल तस्बिर :