कञ्चनपुरमा ६५ वर्षीया वृद्धको रहस्यमय मृत्यु  - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कञ्चनपुरमा ६५ वर्षीया वृद्धको रहस्यमय मृत्यु 



कञ्चनपुर:कञ्चनपुरको पुनर्वासमा बिहीबार बेलुका ६५ वर्षीया पानमती धामीको हत्यासँगै सँगै पुनर्वास क्षेत्रमा एक वर्ष भित्र अज्ञात हत्याराद्वारा ४ जनाको हत्या भैसकेको छ ।

बिहीबार गोठाला गएकी पुनर्वास नगरपालिका ११ भिमबस्ती कि ६५ वर्षीया पानमतीको शुक्रवार बिहान क्षतविक्षत अवस्थामा शव भेटिएको हो। भिमबस्तीको सिद्ध देवी मन्दिर भन्दा २ किमी पर जङ्गलमा बिहान शव फेला परेको हो । मृतकको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । गहना लुट्ने मनसायले हत्या गरिए जस्तो देखिए पनि हत्याको कारण खुल्न सकेको छैन ।

यो घटना लगायत भिमबस्तीमा सिद्ध देवी मन्दिरमा बस्दै आएकी एक माता, गएको मङ्सिर १९ गते लालसिह धामीको सहित ३ हत्याकाण्ड भई सक्दा पनि हत्याराको पत्ता लाग्न नसक्दा गाउँ नै त्रसित बनेको छ ।शुक्रवार शव भेट्टिएको स्थानमा घटनाको थप अनुसन्धानका लागि अनुसन्धान टोली घटना स्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

श्रृङखलाबद्व हत्याका घटना बढी रहेका कारण यति बेला सिङ्गो पुनरवासनै त्रसित बनेको छ । एक पछि अर्को हत्याका घटना दोहरिदै गइरहेको भए पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानीयको शान्ति सुरक्षा कमजोर बन्न पुगेको छ । बढ्दै गएका हत्याका घटनाका कारण शान्ति सुरक्षा बलियो बनाउन नसकेको भन्दै स्थानीयले प्रहरीको आलोचना गर्न थालेका छन् ।