कञ्चनपुर तनावग्रस्त: प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन प्रदर्शनकारी घाइते
काठमाडौं । कञ्चनपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । निर्मला पन्तको वास्तविक हत्यारालाई लुकाउन खोजेको भन्दै त्यहाँका स्थानीयहरु आन्दोलित बनेका छन् ।
उनीहरुले घटनालाई फितलो बनाएको आरोप लगाएका छन् । तीन दिनदेखि जारी आन्दोलन दोषी पत्ता नलागुन्जेल नरोकिने उनीहरुको भनाइ रहेको छ ।