कञ्चनपुरमा ८ बर्षिय बालिका बलात्कृत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कञ्चनपुरमा ८ बर्षिय बालिका बलात्कृत



किशोर तामाङ
कञ्चनपुर ,पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा ८ बर्षिय बालिका बलात्कृत भएकी छिन् ।

पुनर्वास नगरपालिका वडा नंं ६ निवासी ८ बर्षिय बेनाम दलित (नाम परिवर्तन ) को साझ ५ बजे तिर बलात्कार  भएको पिडीत बालिकाको आफन्तले आरोप लगाएका छन् ।

पुनर्वास नगरपालिका वडा नं ६ र ४ को सीमामा अवस्थित भारतीय सिमाना संगै जोडिएको नेपाली जंगल नमुना महिला सामुदायिक बनमा सो घटना भएको थियो ।
मोटरसाइकलमा बसाई घर लगी दिने भन्दै जंंगलमा लगी बलत्कार गरेको पिडितको आरोप छ ।

पिडितले दिएको बयानका आधारमा बलात्कारमा सङ्कलन रहेको आरोपमा स्थानिय पुनर्वास न पा ३ का २४ वर्षीय पेट्रोल पम्प व्यवसायी शलिम अन्सारी पक्राउ परेको छ ।

अन्सारी लाइ हिरासतमा लिइ सामान्य सोधपुछ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाई सकेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी सहायक निरीक्षक गणेश खडायतले जानकारी दिनुभयो । बालिकालाई मेडिकल जाचका लागि सेती अञ्चल अस्पताल पठाएको प्रहरी सहायक निरीक्षक खडायतले जानकारी दिनुभयो ।