कञ्चनपुरमा रोकिएन बलात्कारको घटना , फेरी ३९ वर्षिया महिला बलात्कार - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

कञ्चनपुरमा रोकिएन बलात्कारको घटना , फेरी ३९ वर्षिया महिला बलात्कार



किशोर तामाङ
कञ्चनपुर,पुनर्वास । कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वासमा बलात्कारको घटना घटेको केहि दिन बित्न नपाउँदै अर्को घटना बाहिरिएको छ ।

पुनर्वास नगरपालिका वडा नं ७ परासन बस्ने ३५ वर्षिय नरेश रानालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानिय पुनर्वास नगरपालिका वडा नं ७ बस्ने बर्ष ३९ की बेनाम राना (नाम परिवर्तन)ले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले रानालाई पक्राऊ गरेको हो । बलात्कारको आरोपमा पक्राउ परेका रानालाई जबर्जस्ती करणी गरेको अभियोगमा हिरासतमा राखी प्रारम्भिक अनुसन्धान चलिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक गणेश खडायतले जानकारी गराए ।

निज पिडक रानालाई आज नै पिडित ले दिएको किटान जहेरीका आधारमा जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धानका लागी जिल्लामा थप म्यादका साथ चलान गर्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक खडायतले जानकारी दिए ।