कञ्चनपुरमा एक युवक मृत फेला
विशाल पाण्डेय / पुर्नवास ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न. २ अरनिको बस्तिमा घरभित्र एक युवक मृत अवस्थामा फेला परेका छ्न ।
पुनर्वास नगरपालिका- २ अरनिको बस्तिमा
स्थानिय उद्योगपति याम बहादुर तामाङ को २२ बर्षिया छोरा प्रवेश तामाङ(काले) नाम गरेका युवक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन ।
मृतक प्रवेशको टाउको र आँखामा घाउचोट लागेको र हत्याको जिम्मा मृतकका हजुरबा कान्छा तामाङले लिएको स्थानीय पत्रकार हेमन्त न्यौपानेले जानकारी दिए।
मृतकका बुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटना शंकास्पद भएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दलराम टमाटाले जानकारी दिए ।
शवलाई पोस्ट मार्टमका लागि सेती अञ्चल अस्पताल लैजाने तयारी भएको छ ।