कञ्चनपुरमा पर्यटन महोत्सव भित्र चिट्ठा सञ्चालन गर्ने एक जना पक्राउ - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

कञ्चनपुरमा पर्यटन महोत्सव भित्र चिट्ठा सञ्चालन गर्ने एक जना पक्राउ



रमेश प्रसाद भट्ट /  कञ्चनपुर ।

यही माघ २९ गतेबाट कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भइरहेको प्रदेश स्तरीय औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा गैर कानुनी रूपले चीठ्ठा खेलाउदै अाएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

मेलामा जय माता दी अगरबत्ती धमाकाको नामबाट स्टल नम्बर ९१,९२ र ९३ बुक गराई गैर कानुनी रूपमा चिट्ठा सञ्चालन गरिरहेका अर्घाखाँची सितगंगा नगरपालिका १३ डाेबुवा बस्ने नम बहादुर भाट क्षेत्रीकाे छाेरा बर्ष २१ का लक्ष्मण भाट क्षेत्री ( विसि) लाई प्रहरीले चिट्ठा, सामान तथा नगद सहित साेमबार साझ मेला परिसरबाटै जिल्ला प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका साथबाट नगद रू २० हजार ४ सय ६६ र करिब ९५ हजार बराबरकाे समान समेत बरामद गरीएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

महोत्सवमा अगरबत्ती राख्ने भन्दै कञ्चनपुर उद्योग बाणिज्य संघबाट तीन बटा स्टल बुक गराई २० रुपयामा ३२ इन्चको एलइडी टीभि पर्ने भन्दै प्रचार गरी महोत्सव अवलोकन गर्न आएका सर्बसधारण जनतालाई चिठ्ठा खेलाइ रहेको पाइए पछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टल जानकारी िदनु भयाे ।

बेला बेलमा यस बिषयमा मेला आयोजकलाई जानकारी गराउदा समेत उत्त कार्य बन्द नभएपछि पत्रकारकाे एक टोलीले साेमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको ध्यानकर्षण गराएसंगै उक्त कार्य बन्द गरिएको हाे।

उता अायाेजक कञ्चनपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्ललेका अनुसार अाफुहरूले चिठ्ठा खेलाउने प्रयाेजनका निमीत्त स्टल नदीएकाे तर उसले गैर कानु रूपबाट कार्य गरेकाे पाईएकाले कानुन बमाेजीम कार्वाही हुनु पर्ने बताउदै अायाेजकाे तर्फबाट समेत अनुगमनमा केही कमजाेरी भएकाे स्वीकार समेत गर्नु हुँदै अायन्दा यस्ता कार्य मेला परीसर भित्र नगरिने समेत बताए ।

यसरी कञ्चनपुर पर्यटन महोत्सवमा कानुनी रुपमा चिठ्ठा सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि किसिमको कानुनी इजाजत नलिएको भेटिएकाले निज उपर कानुन अनुसार कावार्ही गरिने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो ।