कञ्चनपुरको पुनर्वासमा ४० लिटर घरेलु मदिरा नष्ट - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

कञ्चनपुरको पुनर्वासमा ४० लिटर घरेलु मदिरा नष्ट



लाल बहादुर एसके
पुनर्वास,कञ्चनपुर ।।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा आज प्रहरी, जननिर्वाचित प्रतिनिधि तथा घरेलु मदिरा नियन्त्रण समितिको संयुक्त प्रयासमा ४० लिटर घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरिएको छ ।

गत शनिबार गरिएको निर्णयानुसार टोलटोलमा पुगि अनुसन्धान गर्दा घरेलु मदिरा भेटिएपछि नियन्त्रण गरि नष्ट गरिएको वडाध्यक्ष नारायण जैसीले बताए । स्थानीय प्रेम क्षेत्री, सतेन्द्र सुनार र गोपाल साहिको घरबाट ४० लिटर घरेलु मदिरा नियन्त्रण गरिएको वडाध्यक्ष जैसीले बताए ।

टोलटोलमा सर्चका लागि खटिएको टोलिमा समितिका पदाधिकारी लगायत वडाध्यक्ष जैसी, कार्यपालिकाका सदस्य भरमल सुनार, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलि र प्रहरी चौकी बिचफाँटाको टोली संयुक्त सर्च गरेको थियो ।

समिति गठन गर्दै वडालाई फागुन १४ देखि बेलुका ६ बजेदेखि बिहान ८ बजे सम्म लाइसेन्स प्राप्त कम्पनीद्वारा उत्पादित मदिरा मात्र बिक्रीबितरण गर्न पाउने नियम बनाईएको थियोभने यस अभियानलाई कार्यान्वयन गराउन ११ सदस्यीय समितिसमेत गठन गरिएको थियो । समितिको अध्यक्षमा करन एडी हुनुहुन्छ । त्यस्तै, उपाध्यक्षमा लक्ष्मी आचार्य, सचिवमा ईश्वर बुढा, सहसचिवमा अमर सुनार तथा कोषाध्यक्षमा हरि बि.क. रहनुभएको छ ।